एसइइ परिक्षाकाे कारण जनकपुर तनावग्रस्त

ssapana44@gmail.com' jamuna aryal
१६ चैत्र २०७५, शनिबार ०९:४६

जनकपुर – सामाजिक विषयको परिक्षा हुनु अगावै प्रश्नपत्र बाहिरिए पछि  रद्ध गरिएको  एसइइ परिक्षाकाे कारण जनकपुर तनावग्रस्त बनेकाे छ ।  परीक्षा रद्ध भएपछि विद्यार्थीहरु सडकमा आएर विरोध प्रदर्शनमा उत्रेका छन् । उनीहरुले चोकचोकमा टायर बाल्दै विरोध गरेका छन् ।

समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि विरोधमा उत्रिएका विद्यार्थीले सडकमा  नाराबाजी गरेका थिए ।  प्रश्नपत्र आउट भएकाे जानकारी प्राप्त हुनसाथ परीक्षा नियन्त्रण कार्यालयकाे आकस्मिक बोर्ड बैठक बसेकाे थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएकाे जनाएकाे थियाे । शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्दै नाराबाजी गरेका छन् । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ ।

विद्यार्थीले घण्टाघरमा रहेको प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ लेखेको नारासहितको साइनबोर्ड तोडफोड गरेका छन् । त्यसैगरी उनिहरुले रु आठ लाखको लागतमा निर्माण गरिएकाे सोलारसहितको ट्राफिक बिट र ट्राफिक सङ्केत भएको बोर्ड तोडफोड गरेका छन् । साथै वीरगञ्ज बजार बन्द गराउँदै हिडेका छन् ।

आन्दोलनमा उत्रेका विद्यार्थीहरुले ना १ ज ७७८७ नम्बरको भ्यानमा तोडफोड गरेका छन । प्रदर्शन नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । सो क्रममा केही विद्यार्थी घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा पनि विद्यार्थीले प्रदर्शन गर्नुका साथै केही समय पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।

 सामाजिक विषयको परीक्षा रद्द भएपछि प्रदेश नं २ का ८ जिल्लाका ७२ हजार ४९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । यसै गरि गत बिहीबार  सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं २ मा सो विषयको परीक्षा रद्द गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१