सिजी लाईफ सेलले विप एप सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
१५ चैत्र २०७५, शुक्रबार ०८:०१

काठमाडौं – सिजी लाईफ सेलले सूचना प्रविधिको सम्प्रेषणमा सहजता ल्याउनको लागि विप एप सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा चौधरी ग्रुप अन्तर्गत्को सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजिनेश भर्टिकलको रुपमा सो एप सार्वजनिक गरिएको चौधरी ग्रुपले जनाएको छ।

सो एप मार्फत् भ्याईस कल, भिडियो कल, गर्न र म्यासेज एवं फाइलको आदानप्रदान गर्न समेत सकिने ग्रुपले जनाएको छ। सो एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम, सम्बन्धी जानकारी र समाचारहरुका बारेमा समेत सजिलै जानकारी पाउन सकिने कम्पनीले जनाएको छ। 

‘डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हामी जतिसक्दो योगदान पुर्‍याउन चाहन्छौं।’ कार्यक्रममा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माण चौधरीले भने ‘यसबाट हामीले आम नेपाली नागरिकको अझै सर्वसुलभ रुपमा सूचनामा पहुँच पुग्नेछ भन्ने विश्वास लिएका छौं।’ 

कम्पनीका अनुसार बिप एपमा प्रयोगकर्ताको मोबाईल फोनको भाषा अनुसार परिवर्तन गर्न सकिने, कुनैपनि मोबाईल अपरेटरका ग्राहकहरुले बिप एप सजिलै प्रयोग गर्न सक्ने र यसमा विभिन्न किसिमका निशुल्क गेमहरु डाउनलोड नगरी खेल्न सकिने व्यवस्था समेत रहेको पनि बताईएको छ। 

त्यस्तै, फलो मि र लोकेशन सेयर जस्ता विशेषताहरु प्रयोग गर्न सकिने, सरप्राईज पोमेन्टद्वारा विभिन्न प्रकारका उपहारहरु जित्न सकिने र विएपलाई ल्यापटपमा र डेक्सटपमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१