नेपाल बार एशोसिएसनको अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले सम्पत्ति विवरण सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
१५ चैत्र २०७५, शुक्रबार ०७:५७

काठमाडौँ – नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनलाई उम्मेदवार बनाएको डेमोक्र्याटिक लयर्स एशोसिएसन नेपालले राजधानीमा आयोजना गरेको चुनावीसभामा पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

कानून व्यवसायी पारदर्शी हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा देखाउन र बारलाई समेत पारदर्शी बनाउन सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताएका छन् । उनले बारको अध्यक्षमा निर्वाचित भएमा कार्यकाल सकिएपछि पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने जानकारी दिए । बार एशोसिएसनको उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने वैधानिक व्यवस्था नभए पनि उनले विवरण सार्वजनिक गरेका हुन् । 

सार्वजनिक गरेको विवरणअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ को कित्ता नं ७२ मा पाँच आनामा साढे दुई तल्लाको घर, भक्तपुरको दधिकोटमा वडा नं ३ (क) को कित्ता नं १२६२ र १२७० मा चार आना जग्गा, मकवानपुर हेटौँडा नगरपालिका वडा नं १७ मा १ कट्ठा जग्गा र सप्तरीको राजगढ गाउँपालिका वडा नं २ मा चार कट्ठा १० धुर जग्गा पोखरेलको छ । 

चल सम्पत्तिका रुपमा पोखरेलको सुन २५ तोला, चाँदी ४० तोला र स्ट्याण्डर्ड चार्टड बैंक, प्रभु बैंक र बैंक अफ काठमाडौँमा रु ११ लाख ५० हजार नगद रहेको छ भने रु १० लाख बराबरको विभिन्न बैंक तथा वित्तीय संस्थामा शेयर र एक हुन्डाइको कार रहेको छ । 

चुनावीसभामा बार र डिएलएका पूर्वअध्यक्षसहितका पदाधिकारी, वरिष्ठ अधिवक्ता लगायतले उम्मेदवारलाई जितका लागि शुभकामना र सुझाव दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१