आफ्ना पार्टीका बारेमा असत्य र भ्रामक समाचारहरु योजनावद्ध तरिकाले सम्प्रेशित गराएको विप्लव नेतृत्वको आरोप

ssapana44@gmail.com' jamuna aryal
१४ चैत्र २०७५, बिहीबार १६:३१

काठमाडौं  विप्लव नेतृत्वको नेपाल कम्युस्टि पार्टी(नेकपा)ले आफ्ना पार्टी, आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनावद्ध तरिकाले सम्प्रेशित भइरहेको आरोप लगाएको छ ।

विहीवार(आज) एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सञ्चारमाध्यममा आइरहेका शृंखलाबद्ध र योजनाबद्ध यस्ता भ्रामक समाचारहरुप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेषण गर्नु वास्तवमा पत्रकारिता हुँदैन ।’

भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रका लागि घातक भएको भन्दै विप्लवले नेकपाका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेसण नगर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१