आईपीएल: चेन्नई आफ्नो खेलमा लय कायम राख्न सफल

ssapana44@gmail.com' jamuna aryal
१३ चैत्र २०७५, बुधबार ०९:१०

काठमाडौं– महेन्द्रसिंह ध्वनीको टीम चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हात पारेको छ । मंगलबार दिल्ली क्यापिटल्सलाई उसैको घरेलु फिरोज शाह कोट्ला मैदानमा ६ विकेटले पराजित गर्दै चेन्नईले आफ्नो खेलमा लय कायम राख्न सफल भएको हो ।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोरलाई पराजित गरेको चेन्नईले अंक तालिकामा ४ अंक बनाउँदा दोस्रो खेलमा पराजित दिल्लीको २ अंक छ ।

मंगलबार कोट्ला मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले २ बल बाँकी छदै १ सय ५० रन बनाएर लक्ष्य पुरा गर्यो ।

दिल्लीविरुद्ध अविजित चेन्नईका कप्तान ध्वनीले ३५ रन बनाउँदै विजयी पारी खेले । त्यस्तै, ओपनिजङ ब्याट्सम्यान शेन वाट्सनले ४४ रनको योगदान दिएका थिए भने, सुरेश रैनाले ३० र केदार ज्यावले २७ रन बनाए ।

चेन्नईविरुद्धको खेदमा मैदान प्रवेशको अवसर पाएका स्पिनर अमित मिश्राले २ विकेट लिए भने, इशान्त शर्मा र कागिसोर रवडाले समान एक—एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवनले अर्धशतक प्रहार गरेका थिए । जसमा उनले ७ चौकाको मद्दतमा ५१ रन बनाएका थिए । यस्तै, मुम्बर्यविरुद्धको खेलमा आक्रामक ब्याटिङ गरेका रिशभ पन्तले २५ रन तथा पृथ्वी शावले २४ रन बनाउँदा कप्तान श्रयस अयरले १८ रन बनाएका थिए ।

दिल्लीलाई कम रनमा रोक्न ड्यान ब्राभोले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका थिए । यस्तै, दिपक चाहार, रविन्द्र जडेजा र इमरान ताहिरले समान एक—एक विकेट लिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१