त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने

ssapana44@gmail.com' jamuna aryal
१३ चैत्र २०७५, बुधबार ०९:०५

काठमाडौं- दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताएको नयाँ पत्रिकामा खबर छ।

मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताए ।

‘आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा गरी करिब २० प्रतिशत उडान कटौती हुने अवस्था छ,’ उनले भने, ‘पिच मर्मत गर्न विमानस्थल बन्द गर्नुपर्ने तथा खुला रहने समयमा पनि विमानस्थलको पार्किङ क्षमता तथा ह्यान्डलिङ क्षमतालाई ध्यानमा राखेर उडान तालिका बनाइएको छ ।’

विमानस्थलबाट अहिले दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तर्राष्ट्रिय उडान भइरहेको छ । मर्मत अवधिभर भने नयाँ उडान तालिकाअनुसार दुवै गरी झन्डै ९० वटा उडान दैनिक कटौती हुने उनको भनाइ छ ।

पुराना गाडी पनि मन्त्रीले पठाए आफ्नै क्षेत्रमा शीर्षकको समाचारमा सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आ–आफ्नो क्षेत्रमा बाँडेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५–१५ गाडी पुर्‍याएका छन् ।

महँगा गाडी मन्त्रालय परिसरमै थन्किन थालेपछि केही महिनाअघि प्रधानमन्त्री कार्यालयले तिनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कार्यालयका प्रवक्ता विनोद कुँवरको संयोजकत्वमा बेवारिसे गाडी व्यवस्थापन गर्न समिति बनाइएको थियो । समितिले त्यस्ता गाडी स्थानीय तहमा वितरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दियो । तर, मन्त्री र कर्मचारीको पहुँचका आधारमा गाडी बाँडिएको छ ।

पार्टीविरुद्ध बोले र सामाजिक सञ्जालमा लेखे कारबाही शीर्षकको समाचारमा कांग्रेस केन्द्रीय अनुशासन समितिले नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ । समिति गठनपछि मंगलबार बसेको पहिलो बैठकले कार्यविधि पारित गर्दै सार्वजनिक मञ्चमा जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१