घुससहित वरिष्ठ पशु विकास अधिकृत पक्राउ

ssapana44@gmail.com' jamuna aryal
१२ चैत्र २०७५, मंगलवार १९:१५

जनकपुरधाम – धनुषाको जनकपुरधामस्थित राईजोवियम तथा घाँसेबारी बीउ विजन प्रयोगशालाका २ जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

निर्माण सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशबापत सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले यादव र चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई घुस लिइसकेको अवस्थामा जनकपुर उपमहानगरपालिका–४ विसाहाराबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१