जेलमा रहेका पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफ ६ हप्ताको लागि जमानतमा रिहा

ssapana44@gmail.com' jamuna aryal
१२ चैत्र २०७५, मंगलवार १८:५९

पाकिस्तानकाे उच्च अदालतले मंगलबार पूर्व प्रधानमन्त्री नवाज शरिफलाई स्वास्थ्यका आधारमा ६ हप्ताको लागि जमानत दिएको छ । 

स्थानीय सञ्चारमाध्यमा डन का अनुसार ‘जमानत अवधिभर नवाज देश छोडेर बाहिर जाने छैनन्’ अदालतले भनेको छ । प्रधान न्यायाधीश सईद खोसाको अध्यक्षतामा बसेको तीन सदस्यीय इजलासले यो फैसला सुनाएको हो ।

यसअघि पूर्व प्रधानमन्त्री नवाजले इस्लामावाद उच्च अदालतको फैसलाविरुद्ध गएको मार्च ६ तारिखमा अपिल दर्ता गरेका थिए । उच्च अदालतले स्वास्थ्यको आधारमा मागिएकाे उनको जमानतको अपिल खारेज गरेको थियो । 

पाकिस्तान उच्च अदालतले नवाजको जमानत अपिलमाथिको फैसला २६ मार्चसम्म रोकेको थियो । 

उनका वकिल ख्वाजा हैरिसले यो मुद्दाको बहसका बेला भनेका थिए, ‘नवाज तीन पटकसम्म देशका प्रधानमन्त्री भइसकेका छन् । उनको विभिन्न  १७ रोगको उपचार चलिरहेको छ ।’ 

अल अजीजीया स्टील मिल भ्रष्टाचार काण्डमा मुछिएका ६९ वर्षीय नवाज शरीफ सन् २०१८ डिसेम्बरदेखि लाहोरको कोट लखपत जेलमा बन्द छन् । (एजेन्सी) 
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१