रिले अनसन बस्न गएका लगानीकर्ता पक्राउ

ssapana44@gmail.com' jamuna aryal
१२ चैत्र २०७५, मंगलवार १४:२०

काठमाडौं – पुँजी बजार सुधारको माग राख्दै आन्दोलित लगानीकर्ताहरु पक्राउ परेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालयमा रिले अनसन बस्न पुगेका सेयर लगानीकर्ता दबाव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान १० बजे नेप्से परिसरमा अनसन बस्न पुगेका १४ जना लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको दबाब समूहका अध्यक्ष हरि ढकालले गरेको बताए । उनका अनुसार गिरफ्तारमा परेका लगानीकर्तालाई महानगरीय प्रहरी परिसर सिंहदरबार लगिएको थियो ।

प्रहरीले नेप्से परिसरमा एक हप्तासम्म अनशन बस्न नपाउनेगरी निषेध समेत गरेको छ । सोमबार पनि दबाब समूहले नेप्से परिसरमा कालो बेलुन उडाएर आफ्ना मागप्रति गम्भीर हुन ध्यानाकर्षण गर्दै सांकेतिक विरोध जनाएका थिए ।

पुँजी बजारप्रति सरकार संवेदनशील नभएको भन्दै दबाव समूहले ३२ बुँदे मागसहित अनिश्चितकालिन रिले अनसन सुरु गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१