जडिबुटी निकासीमा डेढ करोडको घोटाला

ssapana44@gmail.com' jamuna aryal
११ चैत्र २०७५, सोमबार १८:०४

काठमाडौं – तत्कालीन जिल्ला वन कार्यालय डोल्पाका कर्मचारीले जडिबुटी निकासीमा अनियमितता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जिल्ला वन कार्यालयका कर्मचारीहरुले स्थानीय जग्गा धनी तथा जडिबुटी ठेकेदारसँगको मिलेमतोमा डेढ करोड रुपैयाँ बराबरको अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट पत्ता लागेको छ ।

तत्कालीन जिल्ला वन अधिकृत राम तिवारी ठाकुरसहितले निजी हकभोगको जग्गाबाट जडिबुटी संकलन गरेको भनी नक्कली छुटपूर्जी बनाएर राष्ट्रिय वनबाट संकलन गरिएको जटामसी बाहिरी जिल्ला निकासी गरेका थिए ।

जिल्ला वन अधिकृत ठाकुरसहितको मिलेमतोमा १ लाख ८५ हजार ९ सय ९६ किलो जटामसी नक्कली छुटपूर्जी बनाएर जिल्ला बाहिर निकासी गरिएको थियो । अख्तियारका अनुसार उक्त जटामसीको मूल्य १ करोड ४८ लाख ६९ हजार ६ सय ८० रुपैयाँ बराबरको हुन आउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१