भलिबल खेल्दा विवादपछि भएको झडपमा एक जनाको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
११ चैत्र २०७५, सोमबार १३:०१

बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ का १८ वर्षीय  आनन्द विकको ज्यान गएको छ ।

आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु बोहराले विकलाई लौरोले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताउनुभयो ।

घाइते विकको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको सोमबार बिहान अत्तरिया पुग्दै गर्दा बाटोमा न ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न दुवैजना फरार रहेको डीएसपी धिताले बताउनु भयो । दुवै जनाको खाजी कार्य भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१