बैँकक । थाइल्याण्डको बैककमा आयोजना भएको “थाइ इन्टरनेसनल अवार्ड २०१९” भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालबाट गएको टोली, थाईल्याण्डमा रहेका नेपाली तथा थाइल्याण्डका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा समाजमा बिशेष योगदान गर्नेलाई अवार्ड सहित सम्मानित गरिएको थियो । यस्तै बरिष्ठ शिक्षाविद अवार्ड–२०१९ बाट जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेल ,पत्रकारिता अवार्ड–२०१९ बाट बरिष्ठ पत्रकार मुकुन्द कुमार ढुंगाना ,बरिष्ठ सौन्दर्य विद
अवार्ड–२०१९ बाट सुमित्रा रञ्जित ,मानव अधिकारी अवार्डबाट चित्र बहादुर रसाइली ,मन्टेस्वरी अवार्ड बाट रिन्कु ढकाल ,कृषि तथा सहकारी क्षेत्रबाट जयकला बस्नेत तथा सौन्दर्य कर्मी सोनम गुरुङलाइ सम्मानित गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत डाक्टर खगनाथ अधिकारी रहेका थिए ।
सम्मानित तथा पुरस्कृत सबैलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा चर्चित युवा गायक तथा सामाजिक अभियंता नवीन खड्का र अन्जन दाहालले विभिन्न गीत प्रस्तुत गरेर कार्यक्रमलाई सांगीतीक माहौलमा रुपान्तरण गरेका थिए । कार्यक्रम समापन पछि नेपालीहरुको रंगहरुको पर्व होली पनि मनाइएको थियो । कार्यक्रममा सहभागी हुन नेपालबाट ७५ जनाको टोली सहभागी भएका थिए ।
फोटो फिचर सहित
प्रतिक्रिया