विद्युत विस्तारमा अनियमितता गरेको आरोप, १० जना विरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दर्ता

ssapana44@gmail.com' jamuna aryal
१० चैत्र २०७५, आईतवार १८:२९

काठमाडौं – भोजपुरको षडानन्द नगरपालिकाको वडा नम्बर ५ र ६ मा विद्युत विस्तार गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा ५८ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेर वडा नम्बर ५ र ६ मा विद्युत विस्तारको काम शुरु गरिएको थियो । तर, आयोजना १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुट्टो प्रतिवेदन बनाएर अनयमितता गरेको भन्दै अख्तियारले नगरपालिकाका कर्मचारीसहित उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशाकीय प्रमुख जयनारायण खनालसहित १० जनाविरुद्ध २ करोड ७९ लाख २७ हजार ५ सय ७९ रुपैयाँ ७ पैसा बिगो दावी गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१