सन्दीप लामिछाने दोस्रोपटक आईपीएलमा

ssapana44@gmail.com' jamuna aryal
९ चैत्र २०७५, शनिबार १९:११

नेपाली क्रिकेटर सन्दीप लामिछानेले दोस्रोपटक इन्डियन पि्रमियर लिग -आईपीएल) खेल्न भारतमा छन् । उनी गत वर्ष दिल्ली डेयरडेभिल्समा आवद्ध भएका थिए, जुन अहिले दिल्ली क्यापिटल्स बनेको छ ।

आईपीएलमा दोस्रो सहभागीतासँगै सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेट लिग यात्रा एक चक्र पुरा भएको छ । करिब एक वर्षको यो यात्रामा उनले ६ वटा देशमा टी-२० लिग र एउटा टी-१० लिग खेले र सबैमा आफ्नो छाप छोड्न सफल भए । गत वर्ष आईपीएलमा भाग लिँदा उनी अन्तर्राष्ट्रिय क्रिकेट प्रेमीहरुका लागि अपरिचित थिए । त्यही प्रतियोगितामा दोस्रोपटक भाग लिन जाँदा उनले एक टी-२० मा नेपाली आइकनको छवि बनाइसकेका छन् । एउटा एसोसिएट क्रिकेट राष्ट्रबाट उदाएको १८ वर्षे ठिटोको यो अविश्वसनीय सफलता हो ।

गत संस्करणमा आफ्नो टिमको प्लेइङ ११ मा पर्न सन्दीपले १० औं म्याचसम्म प्रतिक्षा गर्नुपरेको थियो । प्ले अफमा उक्लिने सम्भावना जिवित रहँदासम्म दिल्लीले सन्दीपलाई खेलाउन चाहेन । त्यतिबेला सन्दीपका नेपाली फ्यानहरु निराश बनिसकेका थिए । जब दिल्लीको सम्भावना समाप्त भयो, बाँकी तीनवटा म्याच उसँग थियो । त्यतिबेला उसले सन्दीपलाई मौका दियो ।

सन्दीपले आईपीएलको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका थिए । रोय च्यालेन्जर्स बैंगलोरविरुद्धको सो म्याचमा उनले बिराट कोहली र एबी डेभिल्लर्स जस्ता ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । टिमका बलरहरुमध्ये सबैभन्दा किफायती बलिङ गर्नुका साथै उनले एक विकेट पनि लिए । यद्यपि सो म्याच दिल्लीले हारेको थियो ।

त्यसपछिका २ म्याचमा दिल्लीले शक्तिशाली २ टिमलाई हरायो र दुवै जितमा सन्दीपले महत्वपूर्ण भूमिका निभाए । उनले तीन म्याचमा कुल ५ विकेट लिए । यही प्रदर्शनपछि सन्दीप अन्तर्राष्ट्रिय लिगहरुको आकर्षण बने । त्यसयता प्रत्येक देशमा आयोजना हुने टस्-२० प|mेन्चाइज लिगको हिस्सा बन्दै आएका छन् सन्दीप । र प्रत्येक लिगसँगै उनको बलिङ तिखारिँदै छ ।

यसपालिको आईपीएलमा सन्दीपले सम्भवत पहिलो म्याचमै मौका पाउन सक्छन् । क्रिक इन्फो डट कमले दिल्लीको सम्भावित प्लेइङ ११ मा सन्दीपलाई समावेश गरेको छ । टिमको स्पिन बलिङ सन्दीपमा धेरै निर्भर रहने उसको विश्लेषण छ । त्यसैले कम्तिमा अघिल्ला २-३ म्याचमा सन्दीपले खेल्न सक्ने सम्भावना प्रचुर देखिन्छ । त्यसपछि भने उनको प्रदर्शनमा धेरै कुरा निर्भर हुने छ ।

सन्दीपको टिममा अमित मिश्र र अक्षर पटेल जस्ता भारतीय स्पिनर छन् । त्यसमाथि विदेशी खेलाडी ४ जना मात्रै प्लेइङ सेटमा राख्न पाइन्छ । त्यसैले टिममा नियमित स्थान बनाउन उनलाई पक्कै चुनौतिपूर्ण छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१