अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रूपैयाँ बराबर

ssapana44@gmail.com' jamuna aryal
९ चैत्र २०७५, शनिबार १४:११

काठमाडौं –  अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रूपैयाँ बराबर पुर्‍याउने भएको छ । २४३ औं राष्ट्रिय दिवस मनाउने क्रममा अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले अमेरिकाले नेपालाई बिना कुनै शर्त यो सहयोग दिन लागेको प्रष्ट पारेका हुन्।

नेपाल र अमेरिकाबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले अमेरिकाले साझेदारको रुपमा सहयोग गर्न लागेको उल्लेख गरे। उनले दुई देशबीचको यस्तो सहयोग र सम्बन्ध निरन्तर रहिरहोस भन्ने कामना समेत गरे ।

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ मा मनाउने गरिएकोमा उक्त समयमा मनसुन पर्ने कारणले केही महिना अघि नै मनाउने गरिएको छ।

शुक्रबार २४३ औं राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रिय/अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१