टाइम्स र जेभियर फाइनलमा

ssapana44@gmail.com' jamuna aryal
९ चैत्र २०७५, शनिबार ११:२३

काठमाण्डौँ – टाइम्स र जेभियर इन्टरनेसनल कलेज ह्वाइटहाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

टाइम्सले ज्ञान निकेतनलाई ५९–४२ ले पराजित ग¥यो । टाइम्सका सुजन लिम्बूले ३० अंक जोडे । चौथो क्वाटरमा ५–१३ ले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । टाइम्सले पहिलोमा १७–१०, दोश्रोमा १५–१३ र तेश्रोमा २२–६ ले अगाडि रह्यो ।

जेभियरले आयोजक ह्वाइटहाउसलाई ५६–४० ले हरायो । जेभियरका सुनील थापाले २४ स्कोर गरे । चारै क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः १५–१०, १७–१२, ११–९ र १३–९ को प्रदर्शन ग¥यो । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१