‘मिसेस टप अफ द वर्ल्ड नेपाल–२०१९’को उपाधि अलिनालाई प्रदान

ssapana44@gmail.com' jamuna aryal
९ चैत्र २०७५, शनिबार ११:२१

काठमाडौं – ‘मिसेस टप अफ द वर्ल्ड नेपाल–२०१९’को उपाधि अलिना तुलाधरलाई प्रदान गरिएको छ। विवाहित महिलामा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई प्लानेट प्रालिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा तुलाधरलाई उक्त उपाधि प्रदान गरेको हो।

सो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली प्रतिनिधिको चयन, संयोजन प्रक्रिया र सम्पूर्ण व्यवस्थापन अनिला श्रेष्ठको अगुवाइमा ग्रिन आर्टस् मिडिया प्रालिले गरेको हो।

मिसेस टप अफ वर्ल्ड–२०१९ मा सहभागी हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगितासम्बन्धी अभिमुखीकरण र प्रशिक्षण प्राप्त गर्ने छिन्। यो प्रतियोगिता लात्भियाको रिगा सहरमा २०१९ मे २९ देखि जुन २ सम्म सञ्चालन हुने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१