महिला साफ च्याम्पियनसिप, लगातार चौथो पटक फाइनलमा भारतसँग पराजित नेपाल

ssapana44@gmail.com' jamuna aryal
८ चैत्र २०७५, शुक्रबार १७:२८

विराटनगर  नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपमा इतिहास रच्नबाट चुकेको छ ।

घरेलु मैदानमा उपाधि हासिल गर्ने ‘प्रशस्त संभावना’का बावजूद नेपालका लागि फेरि पनि भारत बाधक बन्यो । लगातार चौथो पटक फाइनलमा भारतसँग पराजित हुँदै नेपाल पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामा सीमित हुन पुग्यो

शहीद रंगशालामा भएको भएको फाइनलमा नेपाल भारतसँग ३—१ गोलले पराजित भएको हो । नेपाल यसअघि पहिलो, दोस्रो  र तेस्रो  संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा पुगे पनि भारतसँग पराजय भोगेर उपाधि चुम्नबाट चुकेको थियो ।

खेलको शुरुआतमा आक्रामक रुपमा मैदानमा उत्रिए पनि नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन । खेलको २६ औं मिनेटमा डालिमा छिब्बरले गोल गर्दै भारतका लागि अग्रता दिलाए पनि त्यसको केही मिनेटमै नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।

पहिलो हाफसम्म १—१ गोल बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने दुई खान पुग्यो । दोस्रो हाफको ६३ औं गोल गर्दै भारतले २—१ को अग्रता बनायो । भारतका लागि दोस्रो गोल ग्रेस दाङ्मेइले गरेकि थिइन् ।

हजारौं दर्शकले भरिएको सहिद रंगशालामा भारत लगातार आक्रामक बन्दै गएपछि नेपालको रक्षापङ्ती खुकुलो देखिएको थियो । त्यही अवसरको सदुपयोग गर्दै अञ्जु तामाङले ७६ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् । उनी दोस्रो हाफमा भारतका लागि सब्स्टीच्युट भएकी थिइन् ।

शुक्रबारको जीतसँगै भारत आफूलाई दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च टोलीका रुपमा स्थापित गर्न सफल भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१