भारतीय चुनावको महासंग्राम : २,२९३ दलको चुनावी मैदानमा प्रतिस्पर्धा

ssapana44@gmail.com' jamuna aryal
८ चैत्र २०७५, शुक्रबार ०८:२९

काठमाण्डौँ – भारतमा हुन लागेको आम निर्वाचनको सरगर्मी शुरु भएको छ । चुनावका लागि सत्तारुढ दलदेखि लिएर नाममात्रका स–साना दलहरु पनि चुनावी मैदानमा होमिएका छन् । आम निर्वाचन भएकै कारण पनि सवै दलहरुले आफ्नो शक्ति प्रदर्शनलाई तीव्रता दिएका छन् । चुनाव सम्मुखमा रहँदा उनीहरुका गतिविधिले अहिले भारतीय राजनीतिकवृत्त तरंगित बनेको छ ।

संसारको सवैभन्दा ठूलो लोकतान्त्रिक मुलक भारतमा चुनावका लागि पनि उत्तिकै ठूलो संख्यामा दल दर्ताको सूची छ । भारतीय निर्वाचन आयोगको तथ्यांक हेर्ने हो भने आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या मात्रै २ हजार २ सय ९३ छ ।

आगामी अप्रिल ११ बाट भारतमा शुरु हुने आम निर्वाचन आउन तीन साता पनि बाँकी छैन । अप्रिल ११ बाट मे महिनाको १९ सम्म विभिन्न ७ चरणमा मतादन हुँदैछ भने मतगणना मे २३ बाट हुनेछ ।

चुनावको तयारीसँगै राजनीतिक दलको प्रचारप्रसार र राजनीतिक ‘प्रोपागाण्डा’ तथा ‘फण्डा’हरु पनि उत्तिकै जोडतोडसँग चलिरहेका छन् । यो चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीले कस्तो प्रदर्शन गर्ला ? प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने वा नसम्हाल्ने छिनोफानो पनि यही चुनावले निर्धारण गर्नेछ । त्यस्तै, भारतीय विपक्षी पार्टी काँग्रेसले पनि आफ्नो छवि सुधार गर्न विभिन्न राजनीतिक अभियानलाई निरन्तरता दिइरहेको छ ।

चुनावमा कुन दल सबैभन्दा ठूलो बनेर उदाउला ? सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीले कस्तो प्रदर्शन गर्ला ? चुनावपछि विपक्षी काँग्रेस पार्टीको अवस्था कस्तो रहला ? तथा अन्य क्षेत्रीय दलहरुको प्रभूत्व रहला कि नरहला ? चुनावअघि यस्ता अनेक प्रश्न उब्जिनु स्वभाविक हो । तर यी तमाम प्रश्नको उत्तर चुनावी मतपरिणामले दिनेछ । त्यसका लागि भनेक केही समय कुर्नुपर्नेछ ।

नेपाल सानो मुलुक हुनु र राजनीतिक दलको संख्या पनि थोरै हुनु नौलो होइन । तर नेपालीहरुका लागि भारतीय दलको संख्या र नाम मात्रका पार्टीले समेत अचम्मित पार्न सक्छ ।

सत्तारुढ भारतीय जनाता पार्टी, भारतीय काँग्रेस, बहुजन समाज पार्टी लगायत यो चुनावका लागि प्रभावशाी मानिएका दलहरु तथा अन्य नाममात्रका भरोसा पार्टी, सबसे बडी पार्टी, राष्ट्रिय साफ नीति सहित २ हजार २ सय ९३ पार्टी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१