जहाँ विद्यार्थीलाई काममा लगाएर पारिश्रमिक दिइन्छ !

ssapana44@gmail.com' jamuna aryal
५ चैत्र २०७५, मंगलवार १६:३३

गुलरीया  नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दिया जिल्लाकै सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये श्रवणशक्ति कमजोर भएका विद्यार्थी पनि पर्छन् । अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबअ‍ोभरसियर तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययनअध्यापन हुने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए ।

आगामी वर्षमा ९ कक्षादेखि माथि पढ्दै, सिक्दै, कमाउँदै र युवा उद्यमी बनाउँदै भन्ने सिद्धान्तबाट कक्षा शिक्षकले पढाउने विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए ।
एक विद्यार्थीलाई हप्तामा १५ घण्टा काम गर्न प्रोत्साहन गरिने र एक घण्टाको  ७५ रुपैयाँ पारिश्रमिक तोकिने छ । २० बिघामा तरकारी खेती गर्ने विद्यालयको योजना रहेको प्रअ पोखरेलले बताए ।

विद्यालयमा ६२ शिक्षक कर्मचारी छन् । “विद्यार्थीलाई खेल र मनोरञ्जनपूर्ण वातावरणमा साँस्कृतिक कार्यक्रमसहित पढाइरहेका छौँ”, प्रअ पोखरेलले भने ।

टाढाका विद्यार्थीलाई विद्यालयले छात्रावाससमेत व्यवस्था गरेको छ । आव २०७५। २०७६मा  ५ करोड रुपैयाँ बजेट रहेको विद्यालयमा २ करोड नेपाल सरकारबाट र ३ करोड विद्यालयको आन्तरिक शुल्कबाट व्यहोरिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१