गोली हान्ने धम्की आएपछि नाजिरले अशुरक्षित महसुस !

ssapana44@gmail.com' jamuna aryal
४ चैत्र २०७५, सोमबार १५:२८

काठमाण्डाै – थिएटर हँदै सिनेमामा आएका अभिनेता नाजिर हुसेन यतिबेला चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘कागजपत्र’को प्रचार प्रसारमा जुटेका छन् ।

यसअघिको सिनेमा ‘गरुड पुराण’ले खासै राम्रो कारोबार नगरेका कारण पनि नाजिरका लागि यो सिनेमा खास छ । यो सिनेमाले सुखद कारोबार गर्ने आशा नाजिरले राखेका छन् । यस सिनेमामा उनले अभिनेत्री शिल्पा मास्केसँग जोडी बाँधेका छन् ।

यतिबेला सिनेमाको बारेमा दर्शकलाई जानकारी गराउने हेतुले प्रचार प्रसारमा जुटेका नाजिरले ढुक्क भएर सिनेमाको प्रचार गर्न पाएका छैनन् ।  उनलाई सिनेमा उद्योग छोडेर नगएको खण्डमा गोली हान्ने धम्की आएको छ ।

यसरी गोली हान्ने धम्की आएपछि नाजिरले सिनेमाको प्रचार प्रसारमा बाहिर जाँदा अशुरक्षित महसुस गरिरहेका छन् । उनलाई कसैले कतैबाट गोली हानिहाल्ने हो कि भन्ने डर लागिरहन्छ ।

धर्मका आधारमा मुल्याकंन गरेर यस्ता धम्की आउनु अर्थपूर्ण नभएको भन्दै नाजिरले चित्त दुखाए । यसका साथै उनले आफूले लामो संघंर्ष गरेर पाएको अहिलेको स्थान र दर्शकको माया छोडेर कतै जान नसक्ने पनि उल्लेख गरे । 

उनले आफूलाई कसले धम्की दियो भन्ने बारेमा खुलाएका छैनन् । आफूलाई धम्की आएपछि उनले उजुरी भने गरेका छन् । तर उनलाई  नेपालमा साइबर क्राइमका लागि त्यति बलियो कानुन नबनेका कारण त्याे व्यक्तिलाई  कारबाही गर्न कठिन हुने चिन्ता छ । 

बाहिरी देशहरुमा सेलिब्रेटीको नाम प्रयाेग गरेर सामाजिक सञ्जालमा विभिन्न पेज खाेल्न नमिल्ने व्यवस्था छ तर नेपालमा भने सेलिब्रेटीको नामबाट गलत अकाउण्ट बनाएर उसको इज्जतमा आँच आउने कामहरु भइरहेको र यसले आफ्नो जीवनमा असर गरिरहेको उनले बताए ।

नाजिरलाई सामाजिक सञ्जालमा धम्कीले भरिएका छाडा कमेन्टहरु पनि आएका छन् । यस्तै यहि सिनेमाकी अभिनेत्री शिल्पा मास्केलाई पनि सामाजिक सञ्जालमा अश्लील शब्दहरुको प्रयोग गरेर प्रतिकृयाहरु आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१