ठेक्का विवादले ९ दिनदेखि वडा कार्यालय बन्द

ssapana44@gmail.com' jamuna aryal
४ चैत्र २०७५, सोमबार १५:०८

धनुषा –  पोखरीको ठेक्का विवादले ९ दिनदेखि महोत्तरीको भंगहा नगरपालिका, ८ को वडा कार्यालय बन्द रहेको छ । वडा कार्यालय बन्द हुँदा विभिन्न कामले आउने सेवाग्राही समस्यामा परेका छन् ।
 
गएको फागुन २३ गते वडामा रहेको पडरिया सार्वजनिक पोखरी वडाध्यक्ष मोहमबद रफिक आलमले ठेक्का लगाएपछि विवाद उत्पन्न भएको हो । त्यसको भालिपल्ट फागुन २४ गतेदेखि वडा सचिव तनुकलाल दास वडा कार्यालय जानुभएकाे छैन ।
 
सचिव दास वडा कार्यालय नगएपछि विभिन्न कामका लागि कार्यलय जाने सर्वसाधारण समस्यामा परेको वडाध्यक्ष आलमले गुनासो गर्नुभयो । उहाँले प्रक्रियागत ढंगले पोखरी ठेक्का लगाएको, तर नगरपालिका कार्यालयबाट प्रतिनिधि पठाउन आग्रह गर्दा समेत नपठाएर विवाद सिर्जना गरेको बताउनुभयो । 

‘वडासचिव दासले वडाको स्टाम्प, लेटरप्याड सबै लिएर जानुभएकाे छ । विभिन्न सिफारिस लगायत सेवाग्राहीकाे कुनै पनि काम गर्न सकिएको छैन ।’

वडाध्यक्ष आलमले भन्नुभयो, ‘ वडा कार्यालयमा सचिव पठाइदिन पटक पटक नगरपालिकालाई आग्रह गर्दा समेत कुनै वास्ता गरेको छैन । अब हामीले कसरी काम गर्ने ?’ 

यता वडासचिव दासले वडाध्यक्ष आलम पोखरी ठेक्का लगाउँदा प्रक्रिया नपुगाएको र ठेकेदारसँग लिनुपर्ने धरौटी वापतको रकम समेत नलिएको आरोप लगाउनुभयो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१