नेपालमा अभ्यास हुँदै आएको प्रेस स्वतन्त्रताका विषयमा अमेरिकाको चासो

ssapana44@gmail.com' jamuna aryal
४ चैत्र २०७५, सोमबार १०:२६

काठमाडौं – अमेरिकाले नेपालमा अभ्यास हुँदै आएको प्रेस स्वतन्त्रताका विषयमा चासो व्यक्त गरेको छ । अमेरिकाको विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार तथा श्रम व्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नेपालको प्रेस स्वतन्त्रतामा हनन भएका विषयहरु समेटिएका छन् ।

अमेरिकाकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार तथा श्रम व्यूरोले सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन ह्युमन राइट्स प्राक्टिसस २०१८’ नामक ३५ पृष्ठ लामो प्रतिवेदनमा दोश्रो बुँदामा प्रेस स्वतन्त्रताको विषयलाई उल्लेख गरिएको छ ।

प्रतिवेदनमा नेपालको संविधान तथा कानूनले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रताको ग्यारेन्टी गरेपनि सरकारको आलोचना गर्ने पत्रकार तथा समाचार संस्थाहरुलाई सरकारले बन्देज गरेको पत्रकार, गैरसरकारी संस्था तथा राजनीतिक अभियानकर्मीहरुले बताउने गरेको उल्लेख छ ।

नेपालमा हालै जारी भएको अपराध संहिता, देवानी संहिता तथा गोपनियता सम्बन्धी ऐनले सार्वजनिक व्यक्तित्वबारे रिपोर्टिङ गर्नेजस्ता सञ्चारमाध्यमका सामान्य गतिविधिलाई समेत अपराधीकरण गरेको र यसबाट सञ्चारमाध्यमले गर्ने ‘सेल्फ सेन्सरसिप’मा समेत बृद्धि भएको उल्लेख छ ।

प्रतिवेदनमा केही पत्रकार तथा सम्पादकहरुले प्रहरीबाट धम्की र त्रास पनि खेपेको समेत जनाइएको छ । नेपाल सरकारले केही समय अघि नियुक्त गरेका ७ प्रदेशका गर्भनरहरुको राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा निजी सञ्चारमाध्यमलाई समाचार संकलन गर्न बन्देज लगाइएको विषयलाई प्रतिवेदनमा समेटिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१