मंगलबारदेखि राजधानीमा ‘काठमाडौं युथ कनक्लेभ २०७५’ हुने

ssapana44@gmail.com' jamuna aryal
३ चैत्र २०७५, आईतवार १६:५०

काठमाडौं – मंगलबार राजधानीमा ‘काठमाडौं युथ कनक्लेभ २०७५’ हुने भएको छ। राजधानीका पाँच शैक्षिक संस्थाले संयुक्त रुपमा कनक्लेभको आयोजना गर्न लागेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा युनिभर्सल कलेज, न्यु समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौं मोडल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ कलेज मुख्य आयोजक छन्। 

स्वदेशकै प्राकृतिक स्रोत र साधनको उपयोग गरेर युवालाई स्वदेशमै केही नविन काम गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको कनक्लेभका संयोजक राजु टण्डनले जानकारी दिए।

कार्यक्रममा १८ देखि २० वर्ष उमेर समूहका तीन हजार युवा युवतीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१