धुलोको आतंक बढेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले बिहानैदेखि यातायात अवरोध

ssapana44@gmail.com' jamuna aryal
३ चैत्र २०७५, आईतवार १६:४७

दमौली – भिमाद नगरपालिका- ५ मिछुर्लुङका स्थानीयले धुलोको आतंक बढेको भन्दै सडक अवरुद्ध पारेका छन्। तनहुँ र नवलपुर पश्चिम जोड्ने श्रृंगपथमा दैनिक चल्ने टिपर तथा अन्य सवारी साधनले धुलो बढाएको र सडकको स्तर कमजोर भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका स्थानीयले बिहानैदेखि यातायात अवरोध गरेका हुन् । 

स्थानीय रामबहादुर थापाले दैनिक सयको संख्यामा गुड्ने सवारी साधनले धुलो उडाएको र खराब सडकका कारण दुर्घटनासमेत बढे पछि समस्या समाधानका लागि बाटो बन्द गरेको बताए। बाटोको स्तरोन्नति तथा सवारी साधनको गति नियन्त्रणका लागि पटक पटक दबाब दिए पनि काम नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनले बताए।

श्रृंगपथमा हाल ओटासिलको काम चलिरहेको छ। मना एण्ड जेभीले ओटासिलको काम गरिरहेको छ। तर भिमादबाट सुरु सडकको ओटासिलको काम भने ऋषिङ र घिरिङ गाउँपालिकामा चलिरहेको छ। ऋषिङतर्फको काम करिब सकिएको छ।

घिरिङ गाउँपालिकामा पर्ने धारुङदेखि देउरालीसम्मको घिरिङमा पाँच किलोमिटर सडकखण्डमा अहिले ओटासिलको काम भैरहेको छ। भीमादबाट सुरु भएर मिर्छुलुङ हुँदै जाने सडकको अन्य खण्डमा काम भए पनि आफूहरुको तर्फ काम नहुँदा धुलोको समस्या भएको र दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ। आफ्ना माग सम्बोधनका लागि भिमाद नगरपालिकाले भने कुनै सुनुवाई नगरेको थापाले बताए। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१