भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले किन परिवर्तन गरे आफ्नो नाम

ssapana44@gmail.com' jamuna aryal
३ चैत्र २०७५, आईतवार १५:२५

एजेन्सी – भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा आफ्नो नाम बदलेर ‘चौकिदार नरेन्द्र मोदि’ लेखेका छन् । उनीसँगै भारतीय जनाता पार्टीका अन्य नेताहरुले पनि आफ्नो नामको पछाडि चौकिदार लेख्न थालेका छन् ।

untitled_031719120950.png

प्रधानमन्त्री मोदीसँगै बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल लगायतका अन्य नेताहरुले पनि आफ्नो नामको पछाडि चौकिदार लेखेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदीले शनिबारबाट ‘मैं भी चौकीदार’ अभियान समेत सुरु गरेका छन् ।

2_031719115042.jpg

उनले भनेका छन् “हरेक व्यक्ति जुन देशको भ्रष्टाचार एवं हिंसाविरुद्ध लड्छ ती सबै चौकिदार हुन ।” प्रधानमन्त्री माेदीले अाफ्नाे नाम फेरेपछि अहिले भारतीय समाजिक सञ्जालमा ‘मैभि चौकिदार’ टाइटलले चर्चा पाउन थालेको छ ।

Embedded video

यसअघि कांग्रेस नेताहरुले भारतले बनाइरहेको राफेल विमानको सम्झौताका क्रममा भारतीय जनता पार्टीमाथि विभिन्न आलोचनात्मक टिप्प्णी गर्दै ‘चौकीदार चोर है’ भन्ने कुरा  ले चर्चा पाएकाे । यसअघि भारतीय प्रधानमन्त्री माेदीले २०१४ मा आफुलाई चीया वाला (चाय वाला) बताएका थिए । चुनावी अभियानका क्रममा मोदीले धेरै ठाँउमा चियाको बारेमा चर्चाको आयोजना समेत गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१