लगानी बोर्डले १० अर्ब विदेशी लगानी स्वीकृत

ssapana44@gmail.com' jamuna aryal
२ चैत्र २०७५, शनिबार १३:००

काठमाडौं– लगानी बोर्डले चार पा‌ंग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औं बैठकले चार पा‌ंग्रे सवारी साधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरी १० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत गरेको हो ।

बैठकले अरुण तेश्रो आयोजनामा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गर्ने गरि स्थानीय स्तरको कार्यदल गठन गरेको छ । बैठकले सो कार्यदललाई ३ महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्ने समय सिमा पनि तोकेको छ । अरुण तेश्रो आयोजनाको वित्तीयस्रोत जुटाउनका लागि बैठकले जुन २०१९ सम्म ३ महिना समय थप गरेको छ ।

बैठकमा बोर्डको सचिवालयले लगानी सम्मेलनको बारेमा भइरहेको तयारी र प्रगतीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो । बोर्डले लगानी सम्मेलनको लागि आफैले बनाएको ४५ वटा र निजी क्षेत्रबाट १७ वटा गरि ६० बढी आयोजनाहरु प्रस्तुत गर्ने गरी आयोजनाहरुको स्वीकृत गरेको छ ।

यसरी छनोट गरी स्विकृत भएका परियोजनाहरु फोहर मैला, यातायात, पर्यटन, जलविद्युत लगायत विभिन्न क्षेत्रका आयोजनाहरु रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया