पहिला देश अनि बिदेश भन्ने नाराका साथ यही बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते भृकुटीमण्डपमा आन्तरीक पर्यटन मेला (डोमेस्टीक टुरीजम मार्ट–२०१९) को तयारी तिब्र रुपमा अगाडी बढेको छ । गन्तव्य नेपाल गु्रप अन्तरगत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको यस मेलामा ७७ वटै जिल्लाका पर्यटन सम्बद्ध संघ संस्थाको उपस्थीति रहने छ । नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा मेला आयोजना हुँदै गर्दा २० लाख पर्यटक भित्र्यााउने सरकारको योजनामा दुई दिन सम्म चल्ने मार्टमा कम्तिमा २ लाख मानिसले अवलोकन गर्ने आयोजकको दाबी छ । मेला आयोजकको नेतृत्वबाट हेर्दा गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी अबिरल यसअघि पनि पर्यटन बजारलाई चलायमान बनाउने कर्मशिल व्यक्तिका रुपमा स्थापित छन् । मेलाको आवश्यक्ता र यसका तयारीका बिच मेलाले दिने सन्देश के कस्तो भनि हामीले बुझ्ने कोशिस गरेका छौ । प्रश्तुत छ, गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिब अधिकारी ‘अबिरल’ सँगका केही सवाल ।
डोमेस्टीक टुरिजम मार्टको आवश्यक्ता किन ?
सरकारले सन् २०२० मा नेपाल भ्रमण बर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने योजना अघि सारेको छ । यद्यपी ति प्रयासहरुको गतिशिलता अहिलेसम्म पनि प्रभावकारी देखिएको छैन । नेपालमा पर्यटकीय क्षेत्र शहरबजारका गल्ली मात्र नभएर दुरदराजका क्षेत्रहरुबारे पनि प्रचारप्रसार गरिनुपर्छ । देशभित्र कहाँ केके छन पहिला हामी नेपालीहरुलाई थाहा हुन सक्यो भने मात्र बिदेशबाट आउने पर्यटकलाई त्यसबारे जानकारी दिन सक्छौ । यसर्थ आन्तरीक होस वा बाह्य जुनसुकै पर्यटकलाई पनि कहाँको बिशेषता के हो, कहाँ के पाईन्छ, यी सबैको जानकारी दिने एउटै थलो डोमेस्टीक टुरिजम मार्ट हो । यसमा दुरदराजका पर्यटकीय क्षेत्र र त्यहाँका स्थानियहरुको पनि अपनत्व महशुस गराउने गरी मेला आयोजना गरेका हौ ।
मेलाका के के रहनेछन ?
मेलामा देशैभरिका पर्यटन सम्बद्ध व्यापारिक स्टलका साथै नेपाल भित्रका बिभिन्न संस्कृतिहरु रहनेछन् । हस्तकला, होटल, ट्राभल एजेन्सी, होमस्टे, भेइकल, एयरलायन्स लगायत बिभिन्न पर्यटकीय संघसंस्थाका बस्तु तथा सेवाका स्टल रहनेछ । अहिलेसम्म स्टल बुकिङको अवस्था कस्तो छ ? २५० मध्ये अहिलेसम्म ८७ स्टल बुकिङ भैसकेको छ । देशैभरिका पर्यटकीय संघसंस्था, व्यावसायी र व्यापारिक समुहसँग हामी निरन्तर सम्पर्क र संबादमा छौ । पर्यटन क्षेत्रका हस्तीहरु र समृद्ध पर्यटन हेर्न चाहने ठुलो समुहको साथ सहयोग हामीलाई प्राप्त छ । पर्यटन बजारमा हाम्रा यसअघिका गतिशिलताले हाम्रो लक्ष्य पुरा हुनेमा हामी ढुक्क छौ ।
यसको अलवा मार्टका आर्कषणहरु के के रहनेछन ?
भित्री भागमा व्यापारिक स्टल, बिभिन्न पर्यटकीय क्षेत्रहरुका बारेका जानकारी दिने उदेश्यले राखिएका स्टल र नयाँ तथा पुराना बस्तु तथा सेवाको प्रदर्शनी रहनेछ । बाहिरी भागमा भने सांस्कृतिक कार्यक्रम, भेषभुषा, कलासंस्कृति, लोकदोहोरी गित, राष्ट्रिय कलाकारबाट प्रश्तुती रहनेछ । यसका साथै बिभिन्न खानाका परिकार सहितको फुटकोर्ट सहितको स्टल समेत रहनेछ । यसर्थ मेला पर्यटन, संस्कृति सम्बद्ध जानकारी र मनोरञ्जनको संगमको रुपमा रहनेछ ।
मेलाका उदेश्यहरु के के हुन ?
पहिले देश अनि बिदेश भन्ने नारालाई सार्थक बनाउन देशका सुकिला मुकिला क्षेत्र र व्यक्तिका तहमा मात्रै नभई लुकेर रहेका र दुर्गम भनेर ओझेलमा पारिएका पर्यटकीय सम्पदाहरुको उथ्थान र प्रवद्र्धन मेलाका उदेश्य हुन । काठमाण्डौ बाहिर पर्यटकको रुची नहुने तथा सदरमुकाम केन्द्रित गन्तव्यबाट अझै परका क्षेत्रका बासिन्दालाई पनि आन्तरीक पर्यटनको संभावनाबारे आशा जगाउन सकियोस भन्ने हेतुले मेला .हुदैछ ।
तयारी कस्तो छ ?
युवा पर्यटन व्यवसायी माधब प्रसाद सुबेदीको संयोजकत्वमा मेला आयोजक समिती बनाईएको छ । म स्वयमं पनि यसको नेतृत्व गरेर बिभिन्न परामर्श समिति, मिडिया प्रचारप्रसारका लागि बनाईएका समिती र सल्लाहकार तथा बिज्ञ समितीहरुको रायसुझाब बटुल्दै सबैलाई मेलामा एकत्रित बनाउने महान अभियान लागि रहेको छु । पर्यटन सम्बद्ध तथा उद्योगसँग सरोकार राख्ने पक्षसँग सुझाब लिने र आपसी सहयोगका सन्दर्भबारे निरन्तर परामर्शमा छौ । मेला भब्य र सभ्य हुने यथेष्ट आधार तयार भैसकेका छन् । कम्तिमा २ लाख व्यक्तिले मेला अवलोकन गर्नेछन, पर्यटकीय गन्तव्यको जानकारी सबैमाझ पुग्नेछ । २० लाख पर्यटक भित्राउने सरकारी योजनामा कहाँ के छ भनेर जानकारीको स्रोतकर्ता बन्न सक्छौ । दुरदराजका पर्यटकीय क्षेत्र र बासिन्दाले पनि पर्यटनमा आफ्नो उपस्थीति महशुस गर्न सक्ने बनाउँछौ । सबैले यही ढंगमा बुझ्न जरुरी छ । हाम्रो अबिरल गतिशिलताको बलमा लक्ष्य प्राप्त हुने निश्चीत छ भन्ने हाम्रो बुझाई हो ।
प्रतिक्रिया