बीमा कम्पनीले २०प्रतिशत जलस्रोत, कृषि र पर्यटनमा लागनी गर्न पाउने

ssapana44@gmail.com' jamuna aryal
१ चैत्र २०७५, शुक्रबार ११:४७

काठमाडौं- राष्ट्रिय बीमा समितिले बिमकको लगानी सम्बन्धी निदेशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन र अन्य क्षेत्रमा पनि लगानी गर्न पाउने नयाँ व्यवस्था ल्याएको छ । नयाँ व्यवस्थाअनुसार व्यवसाय, जलस्रोत, कृषि, पर्यटनमा बीमा कम्पनीले २० प्रतिशत लागनी गर्न पाउने भएका छन् । उक्त निर्देशिकमा सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको हो ।

नयाँ निर्देशिकाले बीमा कम्पनीको ‘कुल टेक्निकल रिजर्भ’को ५ प्रतिशतसम्म घरजग्गासँगै व्यवसायमा लगानी गर्ने व्यवस्था पनि गरिएको छ । पछिल्लो समय बीमा कम्पनीले सरकारललाई कानुन नै बनाएर लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने माग गर्दै आएका थिए । बुधबार समितिले लगानी निर्देशिका नै जारी गरेपछि लगानीका बाटो खुलेको हो ।

हालै जारी गरिएको निर्देशिकमा समितिले जीवन, निर्जीवन तथा पुन: बीमाकम्पनीहरूले लगानी गर्ने क्षेत्रहरू तोकेको बीमा समितिमा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।

उनले भने-‘बीमा समितिले कम्पनीहरूले लगानी गर्ने पाउने बाटो खुलाई दिएको छ । यसरी लागनी गर्न कम्पनीले अनिवार्य रूपमा बीमा समितिदेखि अनुमति लिनुपर्ने पर्छ । घरजग्गा लगानी गर्ने कम्पनीले कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक र घरजग्गाको बाहेक अन्य क्षेत्रमा गरेको लगानीलाई प्रत्येक दिन मूल्यांकन बुझाउनुपर्छ । ‘

यस्तै बीमा कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । लगानी निदेशिका अनुसार वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म लगानी सक्ने व्यवस्था गरिएको छ । बीमा कम्पनीहरूले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल सरकारबाट मान्यताप्राप्त बचतपत्र वा ऋणपत्रमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने पाँउछन् । पब्लिक कम्पनीको आइपिओ १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था पनि गरिएको समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीहरूले पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१