न्यूजिल्याण्डको क्राइस्ट चर्चमा आक्रमण, २७ जनाको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
१ चैत्र २०७५, शुक्रबार ११:३८

काठमाडौं – न्यूजिल्याण्डको क्राइस्ट चर्चको दुई मस्जिदमा भएको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । गोलाबारीमा ३० जना भन्दा धेरैको हताहती भएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले जनाएका छन् ।

अल नूर मस्जिद क्राइस्ट चर्च डीन एवेन्यूमा हेगली पार्कको नजिक रहेको छ । प्रत्यक्षदर्शीहरुले अझै मस्जिद भित्र केही शव रहेको बताएपनि प्रहरीले भने यसको पुस्टि गरेको छैन ।

लगभग २० मिनेट चलेको गोलाबारीमा कम्तिमा ६० जना घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हमलावरले पहिला पुरुष प्रार्थना घरलाई निशाना बनाएका थिए र त्यसपछि महिलाको कोठामा प्रवेश गरेका थिए ।

न्यूजिल्याण्डका प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई हिरासतमा लिइएको छ । जसमध्ये तीन जना पुरुष र एक जना महिला रहेका छन् ।

प्रहरी अधिकारी माइक बुशका अनुसार कयौं परिचयपत्र बरामद गरिएको छ । यो एक सुनियोजिक हमला भएको र हमलाकारीले ठूलोमात्रामा हतियारको प्रयोग गरेको प्रहरी अनुमान रहेको छ ।

प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार गोलाबारीपछि मानिसहरु ज्यान बचाउनका लागि भागेका थिए । उनीहरुका अनुसार अल नूर मस्जिदमा रगतमा लतपतिएका कयौं मानिस जमिनमा लडेका थिए ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा आर्डनले देशको नाममा सन्देश जारी गर्दै हमलाको भत्सर्ना गरेका छन् । उनले आजको दिन न्यूजीलायाण्डको कालो दिन भएको बताएका छन् ।

घटना लगत्तै सबै स्कूल तथा अस्पताललाई बन्द गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१