रोजगारीका लागि जापान जाने विदेशी नागरिकले निरोगिताको प्रमाणपत्र पेश गुर्नपर्ने

ssapana44@gmail.com' jamuna aryal
३० फाल्गुन २०७५, बिहीबार १३:५९

काठमाडौं – रोजगारीका लागि जापान जाने विदेशी नागरिकले निरोगिताको प्रमाणपत्र पेश गुर्नपर्ने भएको छ ।

जापान सरकारले आप्रवासी कामदारहरुका लागि निरोगिताको प्रमाणपत्र(मेडिकल सर्टिफिकेट) अनिवार्य पेश गर्नु पर्ने योजना ल्याएको छ । जापानको न्याय मन्त्रालयले विदेशी कामदारको हकमा यो नियम अनिवार्य गर्ने लागेको जनाएको छ ।

जापानमा विदेशी नागरिकबीच क्षयरोग (टीबी) तिव्र रुपमा फैलिँदै गएपछि आप्रवासी कामदारमा त्यसको जाँच आवश्यक बनाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

जापानमा काम गर्न जाने कामदारले उनीहरु काम गर्न सक्षम रहेको भन्ने सुनिश्चित गरिएको चिकित्सकको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने नयाँ नियम पनि लागू हुने मन्त्रालयले जनाएको छ ।

जापान सरकारले स्वदेशी तथा विदेशी कामदारको हकमा रक्तचाप, क्षयरोग लगायतका रोगलाई कम गदै लैजाने लक्ष्य लिएको छ ।

सर्टिफिकेटलाई कामदारले जापानी अध्यागमन विभागमा नै बुझाउनु पर्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१