बोइङ ७३७ म्याक्स ८ विमानमा एक दर्जन देशले लगाए प्रतिवन्ध

ssapana44@gmail.com' jamuna aryal
२९ फाल्गुन २०७५, बुधबार १३:३४

काठमाडौं – इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनामा सवार सबै १५७ जनाको मृत्यु भएपछि यो विमानमाथि प्रतिवन्ध लगाउने होड चलेको छ । 

पाँच महिनाको अवधिमा यो विमानका दुई ठूला दुर्घटना भएका छन् । पहिलो दुर्घटनामा इन्डोनेसियामा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । 

भारतले पनि यो विमान उडानमा प्रतिवन्ध लगाएको छ । गत आइतबार भएको विमान दुर्घटनापछि पहिले इथियोपियाले त्यसपछि सोमबार चीनले र मंगलबार सिंगापुरले पनि प्रतिवन्ध लगाइसकेका छन् । 

भारतमा यो मोडलका १७ विमान छन् । स्पाइस जेटका १२ र जेट एयरवेजका ५ गरी १७ विमान रहेका हुन् । 

झण्डै १३ देशले बोइङ ७३७ म्याक्स ८ विमानमा रोक लगाएका छन् । 

हाल विश्वभर २७ एयरलाइन्सका बोइङमाथि प्रतिवन्ध लगाइएको छ । झण्डै डेढ दर्जन एयरलाइन्सले अझै पनि रोक लगाएका छैनन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१