४ हजार युवालाई रोजगार दिने शिक्षा मन्त्रालयको तयारी

ssapana44@gmail.com' jamuna aryal
२९ फाल्गुन २०७५, बुधबार १३:११

काठमाण्डौँ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब ४ हजार वेरोजगारलाई रोजगार दिन तयारी गरिरहेको छ । निःशुल्क तालीम सञ्चालन गरी तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ९इभेन्ट०का सूचना अधिकारी नेत्रनारायण पौडेलले बताउनुभयो ।

इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण जस्ता तालिम दिएर युवाहरुलाई स्वरोजगार बनाउन लागिएको हो । छोटो अवधिका तीन महीने करिब ३९० घण्टाको तालीमपछि युवा आफैँ स्वरोजगार हुने उहाँको बताउनुभयो। रहेका छन्। तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको र तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइने सूचना अधिकारी पौडेलले बताउनुभयो । भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालित हुनेछ।

देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमाले विपन्नता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न संस्थाले तालीम दिनेछन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१