लगानी बोर्डबाटै ठूला आयोजना सञ्चालन हुने

ssapana44@gmail.com' jamuna aryal
२८ फाल्गुन २०७५, मंगलवार १७:५८

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डलाई बलियो बनाउने गरी कानूनी व्यवस्था गर्न लागिएको बताएका छन् । अर्थमन्त्री खतिवडाले ठूला राष्ट्रिय आयोजनाका लागि आवश्यक लगानीको व्यवस्था गर्न लगानी बोर्डलाई सहज हुने गरी कानूनी व्यवस्था गर्न सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ ल्याउनु परेको पनि स्पष्ट पारे ।

मंगलबार संघीय संसदको अर्थ समितिमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै अथमन्त्री खतिवडाले लगानी बोर्डको दायरालाई विस्तार गरेर ठूला आयोजनाको लगानीको आवश्यक व्यवस्था हुने प्रस्ताव पनि विधेयकमा गरिएको स्पष्ट पारे । उनले प्रदेश र स्थानीय तहमा पनि संघीय ढाँचा अनुसार वैदेशिक लगानी भित्र्याउनुपर्ने भएकाले त्यसको व्यवस्था गर्न पनि आवश्यक कानुन बनाउन सो विधेयक ल्याइएको बताए ।

बैठकमा समितिका सदस्यहरुले वैदेशिक लगानी भित्र्याउन प्रदेश र स्थानीय तह आफैले पनि संघीय सरकारको स्वीकृतिमा आवश्यक कानून बनाउन पाउने व्यवस्था गर्न माग गरे । समितिका सदस्य भरतकुमार शाहले प्रदेश र स्थानीय तह आफैंले वैदेशिक लगानी भित्रयाउन आवश्यक कानून बनाउन सक्ने व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

समितिका अर्का सदस्य श्यामकुमार श्रेष्ठले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने लगानी बोर्डमा २ जना मात्रै मन्त्रीहरु रहने व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१