आमाले एयरपोर्टमा बच्चा भुलेपछि विमान आकस्मिक अवतरण

ssapana44@gmail.com' jamuna aryal
२८ फाल्गुन २०७५, मंगलवार १७:५४

जेदाह – साउदी अरबमा एक महिलाले विमानस्थलमा आफ्नो बच्चा भुल्दा पाइलटले विमानलाई आकस्मिक अवतरण गराएका छन् ।

समाचारका अनुसार फ्लाइट SV832 जेदाहबाट क्वालालम्पुरका लागि उडान भरिसकेको थियो, विमानमा सवार एक महिलाले आफ्नो बच्चा विमानस्थलमै छुटेको बताइन् ।

महिलाको समस्या सुनेपछि पाइलटले एयर ट्राफिक कन्टोलमा सम्पर्क राखे ।

घटनासँग सम्बन्धित एक भिडियो पनि सार्वजनिक भएको छ । जसमा एयर ट्राफिक कन्ट्रोल (एटीसी)का कर्मचारी आफ्ना सहकर्मीलाई सोधिरहेका छन् कि यस्तो अवस्थामा के गर्न मिल्छ ? भनेर । त्यसपछि उनले पाइलटलाई समस्याबारे स्पष्ट रुपमा खुलाएर भन्न अनुरोध गर्छन् । पाइटल भन्छन् कि विमानमा सवार एक महिला किङ्ग अब्दुल अजिज इन्टरनेशनल एयरपोर्टमा भुलेको बताइरहेकी छन्, साथै ति महिला यात्रा जारी राख्न चाहिरेकी छैनन् ।

त्यसपछि एटीसीले पाइलटलाई फ्लाइट विमानस्थलतर्फ फर्काउन अनुमति दिन्छन् ।

अहिले सामाजिक सञ्चालमा मानवीयताको पक्षमा निर्णय लिएको भन्दै मानिसहरुले पाइलटको प्रसंशा गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१