महिला साफ : नेपाललाई ३–० को अग्रता

ssapana44@gmail.com' jamuna aryal
२८ फाल्गुन २०७५, मंगलवार १७:३१

विराटनगर – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३–० को अग्रता बनाएको छ ।

खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै टीमलाई फराकिलो अग्रता दिलाएकी हुन् । उनले सावित्राको हेड बललाई गोलमा परिणत गरेकी हुन् ।

खेलको १३ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनको गोलमा  अग्रता लिएको नेपालका लागि १६औं मिनेटमा सावित्रा भण्डारीले गोल थपिन् । यो सँगै सावित्राले २३औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१