अस्पतालमा ११ शिशुको मृत्यु भएपछि ट्युनिशियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

ssapana44@gmail.com' jamuna aryal
२७ फाल्गुन २०७५, सोमबार २१:१०

ट्युनिशिया– २४ घण्टाको अवधिमा ट्युनिशियाको राजधानी ट्युनिशमा रहेको एक अस्पतालमा ११ शिशुको मृत्यु भएपछि ट्युनिशियाका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

अस्पतालमा छोटो समयमा शिशुको रहस्यमय हिसाबमा मृत्यु भएपछि मुलुकका स्वास्थ्यमन्त्री अब्देल रउफ अल शरिफले राजीनामा दिएका हुन् । शिशुहरुको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको र रगतमा संक्रमणका कारण शिशुहरुको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

सन् २०११ मा भएको अरब स्प्रिङ नामक क्रान्तिपछि तत्कालीन शासक जिन अल अबिलिन बेन अलीको शासन समाप्त भएसँगै त्यहाँ सार्वजनिक सेवाको गुणस्तरमा ह्वात्तै कमी आएको बताइन्छ ।

ट्युनियशयाको सार्वजनिक सेवा तथा प्रशासनमा ठूलो मात्रामा भ्रष्टाचारको समस्या समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१