काठमाण्डाै – पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) खेलेर सन्दीप लामिछाने मंगलबार काठमाण्डाै आउने भएका छन् ।
लाहोर कलन्दर्सबाट खेलेका सन्दीपले टिमका १० खेलमध्ये सात खेलमा सहभागिता जनाए । अस्ट्रेलियामा भएको बिग ब्याशको फाइनलसम्म खेलेका सन्दीपले त्यसपछि पीएसएल खेल्न यूएई आएका थिए ।
यूएईमा पाँच खेलेपछि पीएसएलका बाँकी खेल पाकिस्तानमा भएका थिए । जसका लागि पाकिस्तान आइपुगेका सन्दीपको टिम लाहोर साेमबार भएको अन्तिम खेलमा मुल्तान सुल्तान्ससँग ७ विकेटले पराजित भएको थियो ।
मुल्तानविरुद्धको खेलमा २ ओभर मात्र बलिङ गरेका सन्दीपले २७ रन खर्चिए पनि विकेट भने लिन असफल भए । समग्रमा सात वटा खेलमा सहभागिता जनाएका सन्दीपले आफ्नो प्रतियोगिताभर ११ विकेट हात पार्न सफल भए ।
२३ तारिखदेखि आईपीएल सुरु हुने भएकाले मंगलबार काठमाण्डाै आएपछि एक-दुई दिनमा उनी भारत जाने छन् ।
आईपीएलमा उनी यस सिजनमा पनि दिल्लीबाट खेल्दैछन् । सन्दीप मंगलबार दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।
प्रतिक्रिया