रियल मड्रिडको शानदार जित

ssapana44@gmail.com' jamuna aryal
२७ फाल्गुन २०७५, सोमबार १०:००

काठमाण्डौँ – ला लिगामा रियल मड्रिडले रियल भालाडोलीडलाई हराउँदै राहत महसुस गरेको छ । यसअघिका खेलमा राम्रो नतिजा निकाल्न नसकेको रियलले भालाडोलिडलाई चार एक गोल अन्तरले हरायो । 

भालाडोलीडको मैदानमा घरेलु टिमले खेलमा अग्रता बनाएको थियो । तर रियलले त्यसलाई उल्ट्याउँदै चार गोल गर्न सफल भयो । खेलको २९ औं मिनेटमा अनुर तुहामीको गोलमा भालाडोलीडले अग्रता बनाएको थियो । 

त्यसपछि रियलले उत्कृष्ट कमब्याक गर्न सफल भयो । १० खेलाडीमा झरेको रियलले ३४ औं मिनेटमा भारानेको गोल्मार्फत खेल बराबरी गर्न सफल भयो । त्यसपछि ५१ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई करिम बेन्जिमाले गोल गर्दै दुई एकको अवस्थामा पुर्‍याए । 

५९ औं मिनेटमा फेरि बेन्जिमाले नै टोनी क्रुसको पासमा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ८० औं मिनेटमा कासेमीरो दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा खुम्चियो । 

तर त्यसको ५ मिनेटपछि नै लुका मोड्रिचले रियलका लागि चौथो गोल गरे । जितपछि रियलले २७ खेलमा ५१ अंक बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१