इथियोपिया जहाज दुर्घटना अपडेटः नेपाली ज्यान गुमाउने एकता अधिकारी

ssapana44@gmail.com' jamuna aryal
२७ फाल्गुन २०७५, सोमबार ०९:३७

काठमाडौं – इथियोपियाको जहाज दुर्घटनामा परी ज्यान गुमाउने एक नेपालीमा गोरखाकी एकता अधिकारी रहेको इजिप्टस्थित नेपाली दुतावासले जनाएको छ ।
उनी विश्व खाद्य कार्यक्रम अन्तर्गत इथियोपियामा कार्यरत थिइन् ।

विमान दुर्घटनामा अधिकारीसहित विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । इजिप्टस्थित दूतावासले आफ्ना ६ जना कर्मचारीमध्ये एकता पनि गरेको भन्दै विश्व खाद्य कार्यक्रमले जानकारी दिएको जनाएको छ ।

इथियोपियाको राजधानी आदिस अबाकबाबाट केन्याको नौरोबीतर्फ उडेको इथियोपियन एयरलाइन्सको विमान बिसोफ्टु सहरनजिकै पुगेपछि दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र ८ जना चालकदलका सदस्य थिए । दुर्घटनाग्रस्थ विमानमा ३५ देशका नागरिक र संयुक्त राष्ट्रसंघका प्रतिनिधि यात्रामा रहेको एयरलाइन्सले जानकारी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१