पुनर्निर्माण प्राधिकरणले फिर्ता गरायो झण्डै २३ करोड रुपैयाँ

ssapana44@gmail.com' jamuna aryal
२६ फाल्गुन २०७५, आईतवार १४:०४

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीबाट अनुदानवापतको झण्डै २३ करोड रुपैयाँ फिर्ता गराएको छ । अनुदान रकम लिएर पनि विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट झण्डै २३ करोड रकम फिर्ता भएको प्राधिकरणले जनाएको छ ।

घर बनाउँछु भनी अनुदानको पहिलो किस्ता लिएका तर घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता गरिएको अनुदान वितरण तथा पूर्वाधार इकाइका प्रमुख गणेशराज वस्तीले बताउनुभयो । घर बनाउन नचाहने, अर्को घर भएका, दोहोरो सूचीमा परेका लाभग्राहीले अनुदान रकम बुझाएका हुन् । 

प्राधिकरणले अनुदान लिएर घर नबनाउनेलाई अनुदान रकम फिर्ता गर्न सार्वजनिक सूचनामार्फत आग्रह गर्दै आएको छ । जानेर वा नजानी अनुदान लिएकाहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया