काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी चैत मसान्तभित्र बेरोगार युवालाई सम्बन्धित क्षेत्रमा सूचीकृत हुन आह्वान गरेको छ । यसरी सूचीकृत भएका वेरोजगार युवालाई मन्त्रालयले साउनदेखि रोजगारी दिने भएको छ । न्यूनतन सय दिन रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रमले तयारी थालेको छ ।
आफू बसोबास गरेको स्थानीय तहको वडा कार्यलयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन रोजगार कार्यक्रममार्फत सहभागि हुन मन्त्रालयले अपिल गरेको छ ।
रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन मन्त्रालयले बेरोजगार युवा युवतीलाई भनेको छ ।
स्थानीय तहको रोजगार केन्द्रसँग समन्वय गरी सार्वजनिक विकास निर्माणका काममा योगदान गर्नका लागि रोजगारी दिने कार्यक्रमले स्पष्ट पारेको श्रम रोजगार तथा रोजगार मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए । बेरोजगार युवायुवतीलाई सरकारले विकास निर्माणमा परिचालन गर्न उनको भनाइ ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले बेरोजगार युवायुवतीलाई न्यूनतम सय दिन रोजगारी दिने ग्यारेन्टी गरेको छ ।
प्रतिक्रिया