काठमाडौं । फोहोर टिपेर बस्ने हैन , फोहोर नफाल्ने प्रण गरौं भन्ने नाराका साथ सुरु भएको चक्रपथ सरसफाई महाअभियान अन्तरगत आज १०० औं हप्ताहको विशेष कार्यक्रम सम्पन्न भएको छ ।
माननिय वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विशेष अतिथी पुर्व मन्त्रि अजुर्न नरसिङ के. सी,पूर्व मन्त्री सेर बहादुर तामांग लगाएत बिभिन्न संघ सस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । २०७० जेठ ५ बाट सुरु भएको बाग्मती सफाइ अभियान को सुरुवात पछि बाग्मती मात्र सफा भएर हुदैन सबै तिर सफा बनाउनु पर्छ भन्ने उद्देश्यका साथमा चक्रपथ सरसफाई महाअभियानको सुरुवात २०७४ बैशाख २ बाट यो अभियान सुरुवात गरिएको हो ।
फोहोर टिपेर बस्ने हैन , फोहोर नफाल्ने प्रण गरौं भन्ने नाराका साथ आफुले फोहोर नगरौ र फोहोर जथाभावी नफाल्यौ भन्ने उद्देश्य नै यस संस्थाको रहेको संस्थाका संयोजक लोक बहादुर टण्डनले बताउनु भयो ।
प्रतिक्रिया