माचू पिच्चूको इतिहास, जहाँ भेटियो महिलाको मात्रै कंकाल

ssapana44@gmail.com' jamuna aryal
२५ फाल्गुन २०७५, शनिबार १३:१९

काठमाडौं – हामीबसेको विशाल पृथ्वीमा कुन् ठाउँमा कस्ता मानिस छन् र कुन् ठाउँमा कस्ता जनावरहरु छन् भनेर धेरै ठाउँ अझै पनि हामीले पत्ता लगाउत सकेका छैनौं । ठाउँ पत्ता लगाएको ठाउँमा पनि हामीले नदेखेका रहस्यहरु समेत धेरै छन् । 

यस्ता रहस्यहरु पनि कतिपय यस्ता पनि हुन्छन् जो समयको साथ साथै अचानक गायब पनि हुनसक्छन् । तर के तपाईंलाई थाहा छ ? यस्तो शहर जहाँका मानिसहरु अचानक गायब हुन्छन् । त्यो शहरको नाम हो माचू पिच्चू। माचू पिच्चूको अर्थ हुन्छ पुरानो टुप्पी ।

माचू पिच्चूको इतिहास 
माचू पिच्चू पेरूमा स्थित छ । यसले आजभन्दा लगभग १०० वर्ष पहिलेदेखि खोजिँदै आईएको थियो । तर, आज पनि यस स्थानमा मिल्ने कंकालहरुको विषयमा कुनै आधिकारिक प्रमाण छैन । त्यसैले यस स्थानलाई दुनियाँका अजीब र गरीब स्थान पनि भन्ने गरिन्छ । जो अद्भुत हुनुका साथ साथै गहिरो रहस्यसँग समेत जोडिएको स्थान हो । माचू पिच्चू उरुबाम्बा उपत्यकामा स्थित छ जुन समुद्रीसतहदेखि २४३० मिटर माथि छ । ७ जुलाई २००७ मा यसलाई विश्वका सातौं आश्चर्यमा शामेल गरिएको थियो । 

सन् १९११ मा माचू पिच्चूको पर्वत श्रृंखलाको खोज भएको थियो । खोजी गर्दैजाँदा यो शहरको सम्बन्ध १३ औं शताब्दीमा देखिएको छ । माचू पिच्चूको बारेमा यो पनि भनिन्छ कि यहाँ एउटा शाही शासकको राज्य थियो । धार्मिक रुपले समेत यो स्थान एकदमै महत्वपूर्ण मानिन्छ । 

इन्का सभ्यता तथा कंकाल 
इन्का सभ्यतालाई रहस्यमयी सभ्यता समेत भन्ने गरिन्छ । किनकी वैज्ञानिक बैज्ञानिकहरु यसको असमर्थ खोज्नमा समेत असमर्थ छन् । त्यतिबेलाको सो शहरको कुनैपनि अभिलेखहरु नभेटिएका कारण पनि बैज्ञानिकहरु यसबारेमा केही पनि जानकारी लिन सकिरहेका छैनन् । 

यहाँ अधिकांश मात्रामा कंकालहरु मिलेको छ । अचम्मको कुरा यो छ कि त्यहाँ मिलेका अधिकांश कंकालहरु महिलाको भेटिएको छ । माचू पिच्चूको इन्का सभ्यतासँग सम्बन्ध रहेको देखिन्छ ।

के छ रहस्य ? 
माचू पिच्चूको रहस्यलाई जति खन्यो उति नै रहस्य गहिरिँदै जान्छ । तर, माचू पिच्चूको निर्माण कसले, किन र कसरी गरायो ? यो आज पनि यो एक रहस्यको रुपमा रहेको छ। भनिन्छ त यो पनि कि जति छिटो यसको निर्माण भएको थियो । त्यति नै छिटो यो खाली पनि भएको छ । 

केही मानिसका अनुसार यहाँका मानिसहरु अचानक नै केही दिनमा आफैं गायब भएका थिए। त्यसैले यसलाई “द लास्ट सिटी” समेत भन्ने गरिएको छ । केही बैज्ञानिकहरुले त यो पनि मानेका छन् कि यस शहरको निर्माण निर्माण एलियनले गराएको आरोप समेत लगाएका छन् । एलियन्सको कारण नै यहाँ कोही पनि मानिस रहन सकेनन् । तर, एलियन्स या एलियन्सद्वारा यो ठाउँको निर्माण गरिएको कुनै सबुत मिलेको छैन । मोडर्न वैज्ञानिकहरुले आफ्नो खोजमा यो पनि खुलासा गरेका छन् कि पुरातात्विक वैज्ञानिकहरुद्वारा एलियन्सद्वारा यस स्थानको निर्माण गरिएको भन्ने कहानी समेत झुटो हो।hamrakura

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१