काठमाडौं – विश्वलाई नै टाउको दुखाइ बनेको विद्रोही संगठन इस्लामिक स्टेट आइएसमा सामेल हुनका लागि बेलायत छाडेकी १९ वर्षे शमिमा बेगमको नवजात शिशुको मृत्यु भएको छ ।
आइएसमै सामेल हुनका लागि बेलायत छाडेपछि शमिमा एकाएक चर्चामा थिइन् । बेगमले तेस्रो सन्तानको रुपमा छोरा जन्माएकी थिइन् ।
सिरियन डेमोक्र्याटिक फोर्सका प्रवक्ताले बीबीसीलाई बताए अनुसार बेगमका छोराको जन्मेको ३ हप्ता नहुँदै ज्यान गएको हो । किशोर किशोरीका लागि शिविर सञ्चालन गर्दै आएको समूहले शुक्रबार बच्चाको मृत्यु बिहीबार भएको पुष्टि गरेको हो ।
बच्चाको मृत्यु निमोनियाका कारण भएको समेत बीबीसीले बताएको छ ।
बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो ।
उनी बेलायत फर्कन चाहन्छिन् तर उनको नागरिकता खोसेको थियो ।
प्रतिक्रिया