महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक: कांग्रेस सभापति देउवा

ssapana44@gmail.com' jamuna aryal
२४ फाल्गुन २०७५, शुक्रबार ०९:०७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै नेपाली दिदीबहिनी शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताएका छन् ।

नारी दिवसको अवसरमा देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छ ।’

‘हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । काङ्ग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१