श्रम रोजगार बैंकको उद्घाटन: गाउँमै दुई सय ६० जनालाई रोजगारी

ssapana44@gmail.com' jamuna aryal
२४ फाल्गुन २०७५, शुक्रबार ०९:०३

कालिकोट – रास्कोट नगरपालिकाले श्रम रोजगार बैंकको औपचारिक रुपमा सोमबार उद्घाटन गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमका श्रम रोजगार बैंकको औपचारिक रुपमा घोषणा गरिएको हो । नगरले आफ्नो क्षेत्रको विकासका लागि बेरोजगार युवाहरुलाई रोजगार दिन श्रम रोजगार बैंकको स्थापना गरेको हो । 

दुई सय ६० जनालाई सोमबारदेखि नै औपारिक रुपमा श्रममा लगाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय तहको निर्वाचन भएको झण्डै दुई वर्ष पुग्नै लाग्दा नगरपालिकाले बेरोजगार युवाहरुलाई विदेशीनबाट रोक्न श्रम बैंकको स्थापना गरेको नगरप्रमुख काशीचन्द्र बरालले बताउनुभयो ।

धेरै जसो युवाहरु भारतसँगै खाडी मुलुकमा जाने क्रम बढ्दै गैरहेको र नेपालको श्रम शक्ति विदेश जाँदा नेपालको विकाशमा नकारत्मक असर पर्दै गैरहेकाले श्रम बैंकको स्थापना गरी युवाहरुलाई स्थानीय ठाउँमा नै श्रम गराउन यो निर्णग गरिएको बरालले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘सुरुमा दुई सय ६० जनाको समूह बनाएका छौँ, बिस्तारै सख्या बृद्धी गर्दै दुई हजार बनाउने लक्ष्य छ । श्रम रोजगार बैंकमार्फत नगरका दुई सय जनाले चालु आर्थिक वर्षवाट रोजगारी पाएका छन् । युवाहरुको समूहले जहाँ काम छ, त्यहाँ गएर काम गर्छन् । 

श्रम बैंकमा संलग्न भएका युवाहरु ५० वर्ष पुगेपछि पेन्सनसहित अवकास गर्ने कार्यविधिमा उल्लेख गरिएको नगर प्रमुख बरालले बताउनुभयो । श्रम रोजगार बैंकमा महिलाहरुको पनि सहभागिता रहेको छ । आयश्रोतमा निकै कमजोर मानियका घर परिवारका सदस्यले श्रम रोजगार बैंकमा सहभागिता जनाएका छन् ।

यस्तै दश वर्षे जनयुद्ध र २०६२, ०६३ को जनआन्दोलनका बेला ज्यान गुमाएका, घाइते तथा अपांग भएका तथा बेपत्ता पारिएका परिवारका सदस्यसमेत श्रम रोजगार बैंकमा समावेश गरिएको छ । सबै सदस्यहरुको एकल  कमाण्ड गर्ने कमाण्डर पद्मबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१