हेलिकप्टर दुर्घटनामा विभिन्न आशंका उब्जिएका छन्: योगेश भट्टराई

ssapana44@gmail.com' jamuna aryal
२४ फाल्गुन २०७५, शुक्रबार ०८:५९

ताप्लेजुङ – प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिल्यै पनि सात जना एउटै हेलिकप्टरमा नचढेको बताउनुभयो । 

भट्टराईले पाथीभराबाट हेलिकप्टरमा सात जना चढाएर लैजानुले दुर्घटनाका बारेमा विभिन्न आशंका उब्जाएको बताउनुभयो । ‘ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना भएर ठूलो क्षति ब्यहोर्नुपरेको थियो, यसपटकको दुर्घटनाले पनि धेरै आशंका उब्जाएका छन्’, उहाँले भन्नुभयो । पाथीभरामा जाँदा हेलिकप्टरबाट फुङलिङमा रहेको आर्मीको ब्यारेक वा सुकेटारमा छोडेर ४ जना मात्र जाने गरेको उहाँले बताउनुभयो । 

सरकारले घटनाको अध्ययन गर्न छानबिन समिति गठन गरिसकेकाले सत्यतथ्य बाहिर आउनेमा आफू विश्वस्त रहेको भट्टराईले बताउनुभयो ।  हिमाली क्षेत्रको भूगोल विकट र मौसम पनि परिवर्तनशील  हुने हुँदा त्यस क्षेत्रको हवाई उडानमा विशेष ध्यान दिनुपर्नेमा सांसद भट्टराईले जोड दिनुभयो । दुर्घटनाको जोखिम पहाड र तराई सबैतिर हुने भन्दै उहाँले सावधानी अपनाए क्षति न्यूनिकरण गर्न सकिने बताउनुभयो । 

पाथीभरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अन्तरष्ट्रिय उच्च पदस्थ व्यक्तिहरुलाई भ्रमण गराउने प्रयास भइरहेको समेत भट्टराईको भनाइ थियो । ‘पर्यटन व्यवसाय ताप्लेजुङको समृद्धिको आधारस्तम्भ हो’, उहाँले भन्नुभयो, ‘त्यसैले यो जिल्ला सुरक्षित रहेको सन्देश दिनका लागि भारतको पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई समेत छिट्टै ल्याउने प्रयास गरिरहेका छौँ ।’ 

ताप्लेजुङमा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनामा निधन भएकाको स्मृतिमा पुङलिङमा एउटा स्मृति पार्क बनाउने पहल गरिने भट्टराई बताउनुभयो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१