बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

ssapana44@gmail.com' jamuna aryal
२३ फाल्गुन २०७५, बिहीबार १८:३६

पोखरा – पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा मन्दिर परिसरमा लिफ्ट निर्माण गरिएको हो । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । ‘लिफ्ट निर्माण नहुँदा जेष्ठ नागरिक र अशक्त, अपांगलाई गाह्रो थियो । तर, अब उनीहरुको पहुँचमा मन्दिर पुगिसकेपछि अझै दर्शनार्थी बढ्ने अपेक्षा गरेका छौं,’ श्रेष्ठले भने ।

उनका अनुसार १ करोड लागतमा बनेको लिफ्ट ६० फिट अग्लो छ । भारबहन क्षमता ६ सय ८० किलोग्राम रहेको लिफ्टमा एकैचाटीमा १२ जनासम्म चढ्न मिल्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवर्द्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताइन् ।

उनले मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी लिफ्ट निर्माण गरेकोमा धन्यवाद दिइन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१