काठमाडौं – भक्तपुरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका-८ आदर्शचोकका गोविन्दप्रसाद छुक्काको मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका-७ गोलमडीका केशब कवाङको घरको माथिल्लो तलामा विजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर गोविन्द घाइते भएका थिए ।
गोविन्दको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया